जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय खाका महासन्धि (यूएनएफसीसीसी) अन्तर्गतका पक्षराष्ट्रको २१औं सम्मेलन (कोप ट्वान्टी वान्) मा भएका सम्झौतामा अधिकांश देशले सहमति जनाएका छन् ।
अघिल्लो वर्ष फ्रान्सको राजधानी पेरिसमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी सम्मेलनले पारित गरेका मुद्दामा अधिकांश देशले राज्यस्तरबाटै सहमति जनाएका हुन् ।
गत सातादेखि मोरक्कोको माराकेसमा चलिरहेको २२औं सम्मेलन (कोप ट्वान्टी टु) सम्म आइपुग्दा विश्वको कुल कार्बन उत्सर्जनमध्ये ७४ प्रतिशत कार्बन उत्सर्जन गर्ने १०३ देशबाट पेरिस सम्झौता अनुमोदन भइसकेको छ ।
अन्य देशले पनि सम्झौता अनुमोदनमा सहमति जनाउने क्रम जारी छ । नेपाल, अमेरिका, चीन, भारत, जापानलगायतका करिब ७४ प्रतिशत कार्बन उत्सर्जन गराउने १०३ देशले सम्झौता अनुमोदन गरिसकेका छन् ।
गत सोमबारदेखि मरक्कोको माराकेसमा भइरहेको कोप २२ मा नेपाललगायत विकासोन्मुख राष्ट्रहरूले सम्भौता अनुमोदन हुनुनपर्नेमा जोड दिँदै आएका थिए ।
जलवायु परिवर्तनविद् राजु क्षेत्रीले अनुमोदन गर्ने देशहरूको संख्या क्रमिक रूपमा बढ्दै गएकाले जलवायु परिवर्तनका क्रियाकलापले प्राथमिकता पाउने र हरितगृह उत्सर्जन कटौती कम हुँदै जाने बताए ।
“विश्वव्यापी रूपमा नै चर्चा उठेको जलवायु परिवर्तनको मुद्दा सम्बोधन हुने र न्यूनीकरणका कार्यक्रमले विश्वव्यापिता पाउँछ,” उनले भने ।
Read more on the article here