26/08/2016

नेपालले जीसीएफबाट ३० करोड पाउने

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय अनुकूलन योजना (न्याप) बनाउनका लागि नेपालले करिब ३० करोड रुपैयाँ अनुदान पाउने भएको छ ।

हरित जलवायु कोष (जीसीएफ) ले अनुकूलन कार्ययोजना बनाउन नेपाललाई ३० करोड रुपैयाँ (३ मिलियन डलर) अनुदान स्वरूप उपलब्ध गराउने तयारी गरेको हो ।

२ महिनाअघि कोरियामा भएको जीसीएफको १३ औं बोर्ड बैठकले न्याप तयारीका लागि ३ मिलियन अमेरिकी डलर (३० करोड रुपैयाँ) उपलब्ध गराउने निर्णय गरेको हो ।

जीसीएफमा जम्मा भएको रकम जलवायु परिवर्तनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्न विकासोन्मुख, विकासशील र अविकशित मुलुकले पाउने छन् । तर, सम्बन्धित मुलुकमा जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रमको प्रभावकारिता, चाहना र प्रतिबद्धता आवश्यक छ ।

“मध्यकालीन र दीर्घकालीन रूपमा आवश्यक पर्ने जलवायु परिवर्तनसम्बन्धी अनुकूलन कार्यक्रमको खाका बनाउन सकिन्छ । कस्ता कार्यक्रम सञ्चालन गर्ने र कसरी अगाडि बढ्ने भनेर पूर्वतयारीको खाका बनाउन आवश्यक छ । यस्तो खालको राष्ट्रिय अनुकूलन योजना (न्याप) बनाउन जीसीएफले अनुदान स्वरूप रकम उपलब्ध गराउने निर्णय गरेको हो । न्याप कुनै पनि देशले आफैं निर्धारण गर्ने कार्यक्रम हो । कार्यक्रम कार्यान्वयनका लागि पछि फेरि नेपालले रकम पाउन सक्छ । न्याप तयारीका लागि सबै सरोकारवाला निकायको सुझाव आवश्यक छ ।”

– राजु पण्डित क्षेत्री

See more at: http://np.karobardaily.com/2016/08/97140/