img
News

PRC News

Sufficiently promote the use of EV: Environmentalists

Sufficiently promote the use of EV: Environmentalists

जलवायु परिवर्तनको विषय स्थानीय निर्वाचनको मुद्दा बन्न किन जरूरी ? (CSOs Call)

नागरिक सङ्घ/संस्थाहरूको राजनीतिक दलहरूलाई सुझाव

जलवायु परिवर्तन विश्वव्यापी मुद्दा भए तापनि यसको समाधानका लागि अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय तहको संयुक्त प्रयास जरुरी छ । संवैधानिक र कानुनी व्यवस्थाअनुसार जलवायु परिवर्तनसँग सम्बन्धित थुप्रै क्षेत्र स्थानीय सरकारको अधिकारअन्तर्गत छ । स्थानीय सरकारले जलवायु परिवर्तनसँग सम्बन्धित नीति, नियम र योजनाहरू लागु गर्ने, जलवायुमैत्री विकासका लागि अनुकूलन र कार्बन न्यूनीकरणका कार्यक्रमहरू सञ्चालन गर्ने र ती कार्यक्रम सञ्चालन गर्न आवश्यक स्रोत/साधनको व्यवस्थापन गर्ने प्रमुख जिम्मेवारी स्थानीय सरकारहरूको रहन्छ ।
जलवायुमैत्री विकास अवधारणालाई स्थानीय सरकारसम्म पुयाउन र पालिकालाई जलवायु परिवर्तन कार्यमा अग्रसर बनाउन राजनीतिक तहबाटै यो विषयमा नेतृत्व लिनुपर्ने देखिन्छ । आउँदो स्थानीय निर्वाचनका सन्दर्भमा सबै राजनीतिक दलहरूलाई जलवायु परिवर्तनमा सरोकार राख्ने ३० वटा सङ्घ/स‍ंस्थाहरूका तर्फबाट, जलवायु परिवर्तनसम्बन्धी सम्बोधन गर्नुपर्ने विषयहरू समेटेको साझा सुझाव यस दस्ताबेजमा समेटिएको छ । विस्तृत सुझाव यहाँ पाउन सकिन्छ ।